गृहमन्त्रीको दाबी– शान्ति सुरक्षा कायम गर्न सरकार सफल « Khabarhub

गृहमन्त्रीको दाबी– शान्ति सुरक्षा कायम गर्न सरकार सफल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दाबी गरेका छन् ।

प्रमुख सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको गृहमन्त्री बादलले दाबी गरे ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन १ वर्षको अवधिमा ‘प्राप्त उपलब्धि’को चर्चा गरेका गृहमन्त्री बादलले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क पेश गरे ।

निर्मला पन्त हत्या प्रकरणको छानबिनको कामलाई सरकारले अहिले पनि गम्भिरतापूर्वक अघि बढाईरहेको गृहमन्त्री थापाको भनाइ थियो ।

गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क पनि गरे ।

गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानवीनमा सहयोग गर्न पनि सबै पक्षलाई आह्वान समे गरे ।

गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने र अनियमिततामा संलग्न १८ सय ठेकेदारहरुको फाइल कारबाहीका लागि अख्तियारमा बुझाइएको पनि जानकारी दिए ।

विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कारबाही गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ०९ बजे

कार्यान्वयनमा ल्याइयो राष्ट्रिय शैक्षिक क्यालेन्डर

काठमाडौं– सरकारले राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ । उच्च शिक्षाको

सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको