गृहमन्त्रीको दाबी– शान्ति सुरक्षा कायम गर्न सरकार सफल | Khabarhub Khabarhub

गृहमन्त्रीको दाबी– शान्ति सुरक्षा कायम गर्न सरकार सफल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दाबी गरेका छन् ।

प्रमुख सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको गृहमन्त्री बादलले दाबी गरे ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन १ वर्षको अवधिमा ‘प्राप्त उपलब्धि’को चर्चा गरेका गृहमन्त्री बादलले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क पेश गरे ।

निर्मला पन्त हत्या प्रकरणको छानबिनको कामलाई सरकारले अहिले पनि गम्भिरतापूर्वक अघि बढाईरहेको गृहमन्त्री थापाको भनाइ थियो ।

गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क पनि गरे ।

गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानवीनमा सहयोग गर्न पनि सबै पक्षलाई आह्वान समे गरे ।

गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने र अनियमिततामा संलग्न १८ सय ठेकेदारहरुको फाइल कारबाहीका लागि अख्तियारमा बुझाइएको पनि जानकारी दिए ।

विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कारबाही गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ०९ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन