कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा एक जना पक्राउ « Khabarhub

कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा एक जना पक्राउ


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे घर भइ हाल काठमाडौँको किर्तिपुर बस्ने २० वर्षीय मिलन थापा रहेको प्रहरीले जनाएको छ ।

किर्तिपुर नगरपालिकाको पाँगामा डेरा गरी बसेको कोठाबाटै उनले गैरकानुनी हिसाबमाकल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट ३७ सय थान एनसेलको सिम, २३ थान ल्यापटप र विभिन्न व्यक्तिहरुको नाममा रहेको २७ थान नागरिकतासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : ५४ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०