भारतविरुद्धको खेलका लागि सुनिल नारान र पोलार्ड वेष्ट इन्डिजको टोलीमा « Khabarhub

भारतविरुद्धको खेलका लागि सुनिल नारान र पोलार्ड वेष्ट इन्डिजको टोलीमा


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन टोली वेष्ट इन्डिजका भेट्रान खेलाडी सुनिल नारान र किरोन पोलार्ड भारतविरुद्धको अन्तर्राष्ट्रिय टि–२० को टिममा अटाएका छन् । सोमबार क्यारेबियन १४ सदस्यीय टोलीको घोषणा भएको थियो ।

इंग्ल्याण्ड र वेल्समा सम्पन्न विश्वकप क्रिकेटका क्रममा टोली बाहिर रहेका यी खेलाडी भारतविरुद्धको खेलका लागि टोलीमा अटाएका हुन् ।

यस्तै, विश्वकपका क्रममा चोटग्रस्त भइ बिचैमा विश्वकपबाट बाहिरिएका युवा अल राउण्डर आन्द्रे रसेल पनि १४ सदस्यीय टोलीमा अटाएका छन् ।

नारान सन् २०१७ पछि पहिलो पटक टि–२० टोलीमा अटाएका हुन् । यस्तै, पोलार्ड २०१८ मा भारत टुरमा क्यारेबियन टोलीमा रहेपनि त्यसयता टिमबाहिर रहेका थिए ।

वेष्ट इन्डिजले कार्लोस ब्रेथवेटको कप्तानीमा टोलीको घोषणा गरेको छ । भातर र वेष्ट इन्डिजबीचको टि–२० शृङ्खला अगस्ट ३ देखि शुरु हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ३९ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी