प्रधानमन्त्री प्रचण्डद्वारा उड्डयन प्राधिकरणको नवनिर्मित भवनको उद्घाटन « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा उड्डयन प्राधिकरणको नवनिर्मित भवनको उद्घाटन


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजभन्दा २५ वर्षअघि स्थापना भएको प्राधिकरण विभिन्न उतारचढावका साथ वर्तमान अवस्थासम्म आइपुग्दा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै गएको बताए ।

विगतमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र भैरहवा गरी थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएर उद्घाटनसमेत भइसकेको भन्दै उनले यी विमानस्थलहरूको पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेकोसमेत बताए ।

उनले पहाडी जिल्लासहित देशभर ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेको भन्दै प्रधानमन्त्रीले यी विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको भन्दै उनले यस कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई निर्देशनसमेत दिए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने उनले बताए ।

नेपालको हवाइ सुरक्षामा सबैको गम्भीर चासो र गम्भीरता हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राधिकरणको तर्फबाट हवाइ सुरक्षाका निम्ति गरिएका प्रयासहरू जोखिम न्यूनीकरणका दृष्टिले पर्याप्त नभएको उनले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : ४७ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु