लागूऔषधसहित १० जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित १० जना पक्राउ


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ –देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–३ त्रिबेणी चोक नजिक खाली प्लटिङबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय नेत्र बिनोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ सोहसाबाट नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याबलेट, नाइट्रोभेट १४ टयाब्लेटसहित कपिलवस्तु मायादेवी गाउँपालिक– १ पकडी बस्ने २० वर्षीय बिष्णु गैरेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बहदीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही गाउँपालिका–२ सानो नन्दनगर बस्ने ५१ वर्षीय रामनाथ अहिरबाट उक्त लागूऔषध किनेर ल्याएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध स्पास्मो ९ सय ट्याब्लेट , नाइट्रोभेट १६ ट्याब्लेट, एसकोडिल १ सय एमएलको १ बोतल र नगद ४४ हजार ६० रुपैयासहित फेला पारी रामनाथलाई समेत पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका– २ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित गिरी बन्धु टि स्टेटको चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका– ४ बस्ने ३० वर्षीय सुशील तामाङ र सुनसरी ईटहरी उपमहानगरपालिका–१७ बालग्राम बस्ने २६ वर्षीय भुवन गिरी रहेका छन् । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध अर्जुनधारा नगरपालिका–११ बस्ने ४० वर्षीय बिनोद प्रधानसँग खरिद गरेको खुल्न आएपछि विनोदको घरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ जनकपुर–ढल्केबर सडकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने ५० वर्षीय राज कुमार महतो र सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ०६२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका– १२ सरे खोलाबाट अवैध लागूऔषध गाँजा करिब १७ केजीसहित धनगढीमाई नगरपालिका – १२ गड्मे कुश्मा आले टोल बस्ने ४० वर्षीय ईन्द्र बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १० : ३३ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय