आफू भलो त जगत भलो « Khabarhub

आफू भलो त जगत भलो


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कुनै एक गाउँमा एउटा कुटी थियो । कुटीमा आफ्ना शिष्यसहित एक महात्मा बस्ने गर्थे । एक दिन बिहानको समयमा महात्मा कुटीको बाहिर बसिरहेका थिए ।

सोही समयमा घोडामा सवार एक व्यक्ति त्यही कुटी अगाडि आएर अडिए र महात्मालाई भने– ‘महात्माजी म आफू बसिरहेको गाउँ छाडेर यस गाउँमा बस्ने निर्णयका साथ आएको छु । म त्यो गाउँ छाडेर यस गाउँमा बस्न चाहन्छु । के तपाई मलाई यो गाउँका मानिस कस्ता छन् बताइ दिन सक्नुहुन्छ ?’

महात्माले नम्र स्वरमा भने– अवश्य पनि म यस गाउँका मानिसका बारेमा बताउन सक्छु । तर मलाई यो भन कि तिमी जुन गाउँ छाडेर यहाँ आएका छौ ? त्यस गाउँका मानिस कस्ता थिए ?

ती व्यक्तिले भने– ‘यसको जरुरत किन पर्‍यो र ! त्यो गाउँका मानिसका बारेमा यहाँलाई बताएर के फाइदा ?

महात्माले फेरि दोहोर्‍याएर भने– ‘तिमीले त्यस गाउँका मानिसका बारेमा बताउन जरुरी छ । जबसम्म तिमीले त्यस गाउँका मानिसका बारेमा केही बताउँदैनौ तबसम्म तिम्रो प्रश्नको जवाफ दिन म असमर्थ छु ।’

महात्माको अडान पछि ती व्यक्तिले भने– ‘त्यो गाउँका मानिसको कुरै नगर्नुहोस् । म तिनीहरूको नाम पनि लिन चाहन्न । त्यहाँका मानिसहरू साह्रै नै दुष्ट छन् । उनीहरूलाई सम्झिँदा मेरो हृदयमा घृणा जागेर आउँछ ।

यति सुनेपछि ती महात्माले भने– ‘मित्र ! तिमी कुनै अर्को गाउँमा जाउ, यो गाउँका मानिस तिमीले छाडेर आएका गाउँका मानिसभन्दा पनि धेरै दुष्ट छन् । त्यसैले यो गाउँ र यहाँका मानिस तिम्रो लागि अनुकूल छैनन् । म ७० वर्षदेखि यस गाउँमा बस्दै आएको छु । म यहाँका मानिसलाई राम्ररी चिन्छु । उनीहरू धेरै दुष्ट छन् । त्यसैले तिमी अर्कै गाउँमा जाउ ।’

जब ती व्यक्ति त्यहाँबाट हिँडे त्यसको केही समय पछि एक बयलगाडा तिनै महात्माको कुटी अगाडि आएर रोकियो । जसमा एउटा परिवार सवार थियो । बयलगाडाबाट ओर्लिएर एक व्यक्तिले महात्मालाई पहिलेकै व्यक्तिले झैँ सोधे– ‘ महात्माजी ! म लगायत मेरो परिवार पहिलेदेखि बस्दै आएको गाउँ छाडेर यस गाउँमा बस्ने निर्णयका साथ आएका छौँ । हामीलाई यो बताइदिनुस् की यो गाउँका मानिस कस्ता छन् ?

यी व्यक्तिलाई पनि महात्माले त्यही प्रश्न गरे, जुन पहिलो व्यक्तिलाई गरेका थिए । मलाई यो बताउ कि तिमी जुन गाउँ छाडेर आएका छौ, ती गाउँका मानिस कस्ता थिए ?

ती व्यक्तिले भने– ‘म जुन गाउँ छाडेर आएको छु, त्यस गाउँका मानिस सम्झिँदा हृदय आनन्दित हुन्छ । हृदय स्नेहले भरिएर आउँछ, उनीहरूलाई छोडेर आउनु पर्दा आँखा रसाइरहेका छन् । त्यस गाउँका जस्ता असल, दानी र पुण्यात्मा मानिस यस पृथ्वीमा सायदै अन्त कहीँ नहोलान् । उनीहरूलाई छोडेर हिँड्नु परेकोमा चित्त दुःखी रहेको छ ।’

यो सुनेर ती महात्माले भने– ‘आउ बस । तिमीलाई यो गाउँमा स्वागत छ । तिमी जुन गाउँका मानिस छाडेर आएका छौ, ती भन्दा हजारौँ गुणा बढी असल र सहृदयी मानिस छन् यस गाउँमा । यस गाउँका जस्ता सज्जन मानिस सायद अन्यत्र पाउन मुस्किल छ ।’

गाउँ उही थियो, प्रश्न उही थियो तर ती दुई व्यक्तिलाई महात्माले अलगअलग उत्तर दिए ।  महात्माको जवाफ सुनेर छेउमा बसिरहेका शिष्यले आश्चर्य मानेर महात्मालाई सोधे– ‘गुरुवर ! यी दुई व्यक्तिले हजुरलाई एउटै प्रश्न गरे । तर हजुरले दुवैलाई फरकफरक जवाफ दिनुभयो ? आखिर किन यस्तो ?

त्यसपछि महात्माले भने– ‘बाबु ! गाउँ यही हो, उनीहरूको प्रश्न पनि एउटै हो, तर पनि उनीहरूको मानसिकता, मनोवृत्ति र अरूप्रतिको धारणा फरक छ ।’

पहिलो व्यक्ति जहाँ गए पनि उसले सज्जन र असल मानिस पाउन सक्दैन । किनकी उसको भावदृष्टि नै यस्तै छ, ऊ अशान्त छ, अरूका बारेमा सोच्ने उसको धारणा नकारात्मक छ, त्यसैले उ जतिसुकै गाउँ चहारे पनि असल मानिस पाउन सक्दैन ।

दोस्रो व्यक्ति जहाँ गए पनि उसले असल र सज्जन मानिसमात्रै पाउँछ । किनकी उसको भावदृष्टि सकारात्मक छ, शान्त छ, उसले कुनै पनि चिजलाई नराम्रो देख्दैन ।

त्यसैले तिमी जस्तो छौ, तिमीले अरूलाई जस्तो व्यवहार गर्छौ, तिमीले पनि त्यस्तै पाउने हो । संसारलाई जस्तो आँखाले हेरिन्छ त्यस्तै देखिन्छ । त्यसैले भनिन्छ नि ! आफू भलो त जगत भलो !

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ६ : १८ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती