कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी « Khabarhub

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ सय ९० जना बालबालिकाको जन्म दर्ता नभएको हो ।

जन्म दर्ता गराएका ८७ दशमलव ३ प्रतिशत बालबालिकामध्ये बालकभन्दा शून्य दशमलव ७ प्रतिशत बालिका धेरै रहेको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा सबै बालबालिकाको जन्म दर्ता नहुनुको कारण सचेतनाको अभाव भएको सरोकारवाला बताउँछन् ।

बाल अधिकारकर्मी नवराज विसीले आफ्ना छोराछोरीको समयमै जन्म दर्ता गराउनुपर्छ भन्ने ज्ञान नभएको बताए । उनले बुबा पत्ता नलागेका बालबालिको पनि जन्म दर्ता गर्न सकिने भए पनि त्यस्ता बालबालिकाको जन्म दर्ता नभएको बताए ।

सरकारी तवरबाट कोही पनि बालबालिका जन्म दर्ता गर्नबाट वञ्चित नहुन् भनेर नीति नियम आएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै उनले यो कार्यान्वयनमा स्थानीय सरकारको भूमिका धेरै हुने बताए ।

यता, कर्णाली प्रदेश सरकारले जन्म दर्ता गर्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै अहिले पनि जन्म दर्ताको बारेमा सबै नागरिक जानकार हुन नसकेको बताएको छ ।

सामाजिक विकास मन्त्रालयले जन्म दर्ताबाट छुटेका बालबालिकाको कारण पत्ता लगाई त्यहीअनुसारको सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

मन्त्रालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता ज्ञवालीले सबै बालबालिकाको जन्म दर्ता गराउनुपर्छ भनेर विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले जन्म दर्तासम्बन्धी कानुनी जानकारी पनि दिने गरिएको बताइन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : ०५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा