झ्यालबाट खसेर बालकको मृत्यु | Khabarhub Khabarhub

झ्यालबाट खसेर बालकको मृत्यु


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बृहस्पति मार्गमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु भएको छ ।

स्थानीय सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने ७ वर्षका डेविट डाइमन्डको झ्यालबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाका छोरा डेविट आफ्नै डेरा कोठामा खेल्ने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।

उनी सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : ५६ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण