‘राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ’  « Khabarhub

‘राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ’ 


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् ।

आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ ९१९६२-१९६८० को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशंकासमेत व्यक्त गरेका हुन् ।

बीपीले भनेनेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् विपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ’, महामन्त्री थापाले भने, ‘बीपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउँछन् भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्त्रीसँग राज्यशक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ’

उनले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गरे। ‘मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने ‘, उनले भने, ‘यदि यसलाई राम्रोसँग नपढेर, साङ्गोपाङ्गो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले विपी यस्तो भन्थे, उसो भन्थे नभनौँ ।’

उनले बीपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए । ‘यो पुस्तक कांग्रेस भएर महामानव (बीपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ’, उनले पाठकलाई सुझाव दिँदै भने ।

कांग्रेसका महामन्त्री थापाले बिपीले अध्ययन गरेका वा उनले सिफारिस गरेका पुस्तकसमेत संकलन गर्नुपर्ने बताए । यस्तै बीपीले पढ्नुभएका साहित्यमा उनी स्वयंले गरेको समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा संकलन गर्नुपर्नेमा थापाले जोड दिए ।

    लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै बीपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताए। उनले भने, ‘विपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन ।’

    नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठनशैली कमजोर भइरहेको भन्दै बीपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिए । उनले बीपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको समेत बताए। 

    ‘यस पुस्तकमा विपी धेरै आयाममा फैलिएको देखिन्छ, हाँसिरहेको, उदास भइरहेको, आशाको उचाइ र निराशाको गहिराइमा पुगेको बीपीबारे बुझ्न सकिन्छ’, उनले भने। समाजवादको सविस्तारदेखि बीपीका विभिन्न पाटोमा विरोधाभाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताए । 

   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू बीपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा बीपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उनी स्वयंको मनोविज्ञानको प्रसङ्ग समेटेको बताए। यस्तै अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले बीपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिए। 

    प्रा डा कृष्ण खनालले बीपीको जेल डायरीमा जीवन्तता पाइने बताए। बीपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : १० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच