केराखेतीमा रोगको समस्या, किसान चिन्तित « Khabarhub

केराखेतीमा रोगको समस्या, किसान चिन्तित


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा केराखेतीको ठूलो क्षेत्रफलमा रोग फैलिएपछि किसान चिन्तित भएका छन् । जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकामा लगाइएको अधिकांश केराखेतीमा रोग फैलिएको छ ।

बेच्न तयारी अवस्थामा रहेको केरामा सिगाटोका रोग प्रकोपका रूपमा देखापरेको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । “दुई वर्ष पहिले यही रोगका कारण सो क्षेत्रमा केराखेती किसानले ठूलो मात्रामा क्षति व्यहोर्नुपरेको थियो”,उनले भने, “अहिले पनि करिब कुल खेतीमध्ये आधा क्षेत्रफलमा लगाइएको केरामा रोग फैलिइसकेको छ ।”

एकातर्फ केरा बिक्रीवापतको भुक्तानी नपाउने समस्याका कारण आजित भएका किसानलाई बेच्न तयारी अवस्थामा रहेको केरामा रोग फैलिएपछि किसान थप पीडित भएको यादवले बताए । “केरा बेचेको पनि पैसा पाइँदैन, स्थानीय तह, प्रहरी प्रशासन कसैले वास्ता नगर्दा पीडा भएका बेला फेरि बेच्ने बेलाको केरामा रोग लागेको छ, किसानको पीडा कसले बुझ्ने ?”, यादवले भने ।

रोग नियन्त्रणका लागि जमिन सफा गर्ने र विषादी छर्ने काम गर्न किसानलाई सुझाव दिइएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का सूचना अधिकारी समिरसिंह बराईले बताए।

तीव्रगतिमा रोग फैलिएकाले रोकथामका लागि स्थानीय तहसँगको समन्वयमा औषधि वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भैरहवाका प्रमुख नारायण काफ्लेले बताए । किसानले पर्याप्त औषधिको व्यवस्था नभएको गुनासो गरेका छन् । ढुसीजन्य ‘ब्ल्याक सिगाटोका’ रोग लागेपछि सुरुमा केराको पातमा थोप्ला देखापर्ने र विस्तारै केराको पात हुँदै बोट नै सुक्दै जाने र फल पनि पाकेर कुहिने गरेको छ ।

पानी पर्ने र घाम लाग्ने क्रम हुँदा भदौ महिनामै प्रायःजसो यो रोग देखापर्ने गरेको कृषि विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता र प्रतापपुर गाउँपालिकालाई केराजोनका रूपमा किटान गरेर केराखेती विस्तारका लागि विभिन्न काम गर्दै आएको छ । जिल्लामा दुई हजार बढी बिघामा केराखेती हुँदै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : ३२ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक