महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित « Khabarhub

महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा आज लिग चरणका छ खेल सम्पन्न भएका छन् ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो । काठमाडौँको न्यूडाइमण्ड युथ स्पोर्टस् क्लबले आज भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको छ ।

पहिलो खेलमा न्यूडाइमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबमाथि लगातार तीन सेटको जित हासिल गरेको थियो । डाइमण्डले एभरेष्टलाई २५–११, २५–१५,२५–१६ को सेटमा निरास पार्यो ।

दोस्रो खेलमा डाइमण्डले विभागीय टोली एपिएफमाथि शानदार जित दर्ता गरेको छ । न्यूडाइमण्डले २५–२०, २५–१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–२२ मा लगे पनि अन्ततः पाँचौँ सेटमा भने न्यूडाइमण्डसँग एपिएफ १५–५ को सेटमा पराजित भएको छ ।

पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३–२ को सेटमा पराजित गरेको छ । पुलिसले एपिएफमाथि २३–२५, २५–२२, २५–२०, २३–२५ र १५–१३ को सेटमा जित हासिल गरेको हो ।

पुरुषतर्फको अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबलले बागलुङ गलकोट स्पोट्र्स क्लबमाथि सोझो सेटमा पराजित गरेको हो । मणिमुकुन्दले गलकोटमाथि २५–२३, २९–२७ र तेस्रो सेटमा २५–२० मा पराजित गरेको हो ।

महिलातर्फको खेलमा नेपाल पुलिसले एभेरेष्टमाथि सोझो सेटमा पराजित गरेको छ । पुलिसले एभेरेष्टमाथि २५–१८, २५–१८ र तेस्रो सेटमा २५–२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यूडायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका छन् । पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटवल गरी पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दिनेश भण्डारीले बताए ।

प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता टोलीलाई रु एक लाख ५० हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेता टोलीलाई रु एक लाख एक सय ११ र तृतीय हुनेलाई रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । प्रतियोगिता असोज १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : ४४ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा