बढी तौलको एलपी ग्यास बिक्री भइरहेको छ, ठूलो दुर्घटना हुनसक्छ : सांसद भट्टराई | Khabarhub Khabarhub

बढी तौलको एलपी ग्यास बिक्री भइरहेको छ, ठूलो दुर्घटना हुनसक्छ : सांसद भट्टराई


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्री वितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिइ केही कम्पनीहरुले बढी तौलका खाना पकाउने ग्यास बिक्री वितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्री वितरणको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।

बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिह्न नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्त्याउनसक्ने धारणा राखे ।

उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १ : २८ बजे

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन