आइतबार नेप्से परिसूचक ओरालो « Khabarhub

आइतबार नेप्से परिसूचक ओरालो


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक तीन दशमलव ३३ र वित्त समूह तीन दशमलव ३० प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४२, विकास बैंक दुई दशमलव ५९, होटल तथा पर्यटन तीन दशमलव २९, जलविद्युत् दुई दशमलव ७९ र लगानी समूहको उपसूचक एक दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको उपसूचक दुई दशमलव ९७, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६०, लघुवित्त एक दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा दुई दशमलव ५९ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले घटेको छ ।

शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ३ : २६ बजे

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट

भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप

एजेन्सी– भेनेजुएलामा २७ वर्ष लामो समाजवादी शासनकालका क्रममा पक्राउ परेका

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी