ताइवानमाथि चीनको सैन्य दबाब बढ्दो « Khabarhub

ताइवानमाथि चीनको सैन्य दबाब बढ्दो


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानमाथि निरन्तर सैन्य एवं कूटनीतिक दबाब बढाएको चीनले अब मनोवैज्ञानिक दबाब पनि बढारहेको छ । स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा लिएको बेइजिङले ताइपेइमाथि पुनः नियन्त्रण कायम गर्ने मनसुवा निरन्तर व्यक्त गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग पुनःएकीकरण हुनैपर्नेमा जोड दिँदै आएका छन् भने देशको पुरानो प्रान्तलाई मुख्यभूमिमा गाभ्न आवश्यक परेमा बल प्रयोग गर्न पछि नपर्ने चेतावनी पनि दिँदै आएका छन् । यद्यपि आफ्नै संविधान र प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार भएको ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा पृथक मान्दै आएको छ ।

चीनले आइतबार बिहानैदेखि ताइवान वरिपरि २८ वटा लडाकु विमान उडाएको छ । ताइवानी अधिकारीहरूका अनुसार अधिकांश ती विमानले ताइवान र चीनको मुख्य भूमिलाई छुट्याउने जलमार्गको मध्य रेखा पार गरेर स्वशासित टापुको दक्षिणपूर्व र दक्षिणपश्चिम हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेका छन् ।

चीनले लामो दूरीका अभ्यास र तालिम ‘मिसन’ सञ्चालन गरिरहेको तथा ताइवानी रक्षा स्थितिको निगरानी गरिरहेका ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । पछिल्ला चिनियाँ गतिविधिले बेइजिङ र ताइपेईको सम्बन्ध अनपेक्षित रुपमा चिसिएको छ ।

गत हप्ता साता पनि चिनियाँ लडाकु विमान र जहाज ताइवानी जलक्षेत्र र आकाशमा बारम्बार उडाइएका थिए । बेइजिङले यस महिना ताइवान ‘स्ट्रेट’ बाट संयुक्त राज्य अमेरिका र क्यानडाका दुईवटा जहाज पार भएपछि बेइजिङले आफ्ना सेनाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको बताइएको छ ।

ताइवानको रक्षा मन्त्रालयले गत बुधबार र बिहीबार बिहान पनि टापुको वरिपरि ६८ चिनियाँ विमान र १० नौसैनिक जहाज निरन्तर उडाएर निगरानी गरेको बताएको थियो । गत डिसेम्बर प्रायः दैनिक रुपमा चीनले ७० भन्दा बढी लडाकु विमान ताइवान वरपर उडाएको थियो ।

गत अप्रिलमा ताइवानका राष्ट्रपति साई इङ्ग वेनले क्यालिफोर्नियामा अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि बेइजिङले ताइपेईमाथि एक किसिमको घेराबन्दी गरेर सैन्य अभ्यास गर्दै आएको छ । अमेरिकासँग नजिक रहेको ताइपेईमाथिको बेइजिङको दबाब सामान्य भएको सैन्य विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २४ बजे

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि