दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अन्य ६ जना घाइते छन् ।

नेपालगञ्जबाट रुकुमका लागि छुटेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर १६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर १६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

अटो चालक तुलसीपुर ६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।

अटोमा सवार तुलसीपुर १६ डोक्रेनाका ११ वर्षीया वर्षा बस्नेत, उनकी ६ वर्षीया बहिनी सृष्टी र १८ वर्षीया अञ्जु डाँगी घाइते छन् । अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २८ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा