दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अन्य ६ जना घाइते छन् ।

नेपालगञ्जबाट रुकुमका लागि छुटेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर १६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर १६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

अटो चालक तुलसीपुर ६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।

अटोमा सवार तुलसीपुर १६ डोक्रेनाका ११ वर्षीया वर्षा बस्नेत, उनकी ६ वर्षीया बहिनी सृष्टी र १८ वर्षीया अञ्जु डाँगी घाइते छन् । अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २८ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने