तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीको कमाण्ड पोष्‍ट स्थापना | Khabarhub Khabarhub

तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीको कमाण्ड पोष्‍ट स्थापना


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरितालिका तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा नेपाल प्रहरीको कमाण्ड पोष्‍ट स्थापना गरिएको छ । प्रहरी वरिष्‍ठ उपरीक्षक हिमालय कुमार श्रेष्‍ठको नेतृत्वमा आइतबारदेखि तीज पर्व सम्पन्न नभएसम्मका लागि कमाण्ड पोष्टको स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका माध्यमद्वारा तीजपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने जनाएको छ ।

यसका लागि हरेक सिफ्टमा १ हजार ४ सय ८३ जना प्रहरी खटिनेछन् । जम्मा खटिने प्रहरी जनशक्ति २९६६ हुनेछ । यसमा महिला प्रहरीको सङ्ख्या ६३० हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ५७ बजे

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन

आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन