अट्वारी पर्व : छिटुवामा खानेकुरा जाने परम्परा हराउँदै « Khabarhub

अट्वारी पर्व : छिटुवामा खानेकुरा जाने परम्परा हराउँदै


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

तुलसीपुरथारु समुदायले मनाउने अट्वारी पर्वको दोस्रो दिन आज सोमबार खानाका परिकार बोकेर छोरी चेली, इष्टमित्रकहाँ पठाएर मनाइँदैछ । तर पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै पाइन्छ । 

अट्वारी थारु समुदायले माघी र दशैँपछि विशेष महत्वका साथ मनाउने पर्व हो । अष्टिम्किपछिको दोस्रो आइतबार मनाइने पर्वमा दाजुभाइ तथा दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने चलन छ । व्रत बसेका व्रतालुहरुले फलफूललगायतका पकवान खानु अगाडि आफ्नो खानाबाट आधा भाग झिकेर अलग्गै राख्ने प्रचलन छ । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ । 

‘पहिले त छोरी, चेलीकहाँ छिटुवा(बैङ्गा)मा बोकेर लैजाने चलन थियो’, तुलसीपुर १९ निवासी शिवप्रसाद चौधरीले भने, ‘अहिले सवारीको सहज पहुँच भएर पनि होला पछिल्लो समय त्यो चलन हराउँदै गयो ।’

अहिले छोरी चेलीलाई दिइने परिकार(अग्राशन) गाडीमा राखेर लिने गरिएको छ । विगतमा जति टाढा भएपनि बोकेर लैजाने चलन थियो । कसैले त अट्वारी मनाउन नै छाडे । गाउँमा अट्वारीमा जति चहलपहल हुन्थ्यो, त्यति चहलपहल पछिल्लो सयमय नहुने गरेको थारू अगुवाहरूले बताउने गरेका छन् । 

अहिले युवा पुस्ताले यो चलनलाई छोड्दै गएको थारु अगुवा ८० वर्षीय हाँसु चौधरीले बताए । ‘पहिले खुब महत्व दिएर यो पर्व मनाउने गरिएको थियो’, उनले भने’तर, पछिल्लो समय युवाहरुले यो पर्व मनाउने चासो दिएको पाइदैन ।’

भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार अट्वारी पर्व मनाइन्छ । हरितालिकापछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ । दुई दिनसम्म मानिने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ ।

द्वापर युगमा पाँच पाण्डवमध्येका भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन छ । 

अर्को विश्वासअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ४४ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन