लिबियामा ग्रीक सहायता टोलीका पाँच सदस्यको मृत्यु « Khabarhub

लिबियामा ग्रीक सहायता टोलीका पाँच सदस्यको मृत्यु


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- विनाशकारी बाढीपछि लिबिया पुगेको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ग्रीक सेनाले मानवीय सहायता टोलीका ५ सदस्यको मृत्यु भएको ग्रीसको सेनाले सोमबार जनाएको हो ।

“सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँच जनाको शव सोमबार एथेन्स फर्काइनेछ,” ग्रीसका चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिबियाली अधिकारीहरूले आइतबार बेन्गाजीबाट पूर्वतर्फ ३०० किलोमिटर टाढा डेर्नातर्फ जाँदै गरेको ग्रीक टोली दुर्घटनामा परी चार जनाको मृत्यु भएको बताएका थिए ।

लिबियाका स्वास्थ्यमन्त्री ओथमान अब्देलजालिलले ग्रीक टोलीका १९ जना सदस्य बोकेको गाडी लिबियाली परिवार बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको बताएका छन् । उनका अनुसार कारमा सवार तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका ग्रीक गाडीमा सवार अन्य १४ सदस्यमध्ये एक जनाबाहेक सबैलाई उपचारका लागि ग्रीस फर्काइएको छ । लिबियामा घाइते भएका एक व्यक्तिलाई ग्रीस फर्कन नदिएपछि अस्पताल भर्ना गरिएको सेनाले जनाएको छ ।

ग्रीसले आइतबार लिबियामा डेनियल आँधीपछि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता पठाएको थियो । उक्त सहायतामा मेडिकल र नर्सिङ स्टाफका साथै मेडिकल सामग्री र खाद्यान्न पनि समावेश थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : २९ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब