स्थगित बीपी साहित्य महोत्सव यही असोज ३ गते हुने « Khabarhub

स्थगित बीपी साहित्य महोत्सव यही असोज ३ गते हुने


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ । असोज ३ गते बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा महोत्सव आयोजना हुने सो पार्टीले जनाएको छ ।

महोत्सव भदौ २४ र २५ गते दुई दिन सञ्चालन भए पनि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि  कांग्रेसले महोत्सव स्थगन गरेको थियो ।

आगामी कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी, बिपीको विचार, आजको संविधान र अबको बाटोलगायत विभिन्न विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहनेछन् ।

कांग्रेसको सूचना तथा प्रचार प्रसार विभागका प्रमुख मीन विश्वकर्माले गत भदौ २४ र २५ को कार्यक्रममा जस्तै असोज ३ गते हुने ऐतिहासिक बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : २६ बजे

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट