पाकिस्तानले कडा जवाफको अपेक्षा गरोस् : मोदी « Khabarhub

पाकिस्तानले कडा जवाफको अपेक्षा गरोस् : मोदी


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कार बम आक्रमणमा भारत प्रशासित कश्मीरमा करिब ५० भारतीय सुरक्षा बलका सैनिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई भारतको कडा जवाफको प्रतिक्षा गर्न चेतावनी दिएका छन् ।

‘‘हामी यस आक्रमणको कडा जवाफ दिनेछौँ । कुनै पनि छिमेकीलाई हामी हाम्रो मुलुकलाई अस्थीर बनाउन दिनेछैनौँ ।’’ आक्रमणपछि बसेको भारतीय मन्त्रीपरिषद्को सुरक्षा बैठकपछि मोदीको यस्तो भनाई आएको हो ।

हिजो भएको आक्रमणमा भारतीय सुरक्षा बल सिआरपिएफका ४४ सैनिककको ज्यान गएको थियो । कश्मीरमा सक्रिय अतिवादी संगठन जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको थियो । जैश ए मोहम्मद पाकिस्तानमा आधार बनाएर बसेको बताइन्छ ।

सुरक्षा बैठकपछि भारतीय गृहमन्त्री राजनाथ सिंह घटनास्थलतर्फ लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच आक्रमणका विषयलाई लिएर भारतले दिल्लीस्थित पाकिस्तानी कुटनीतिज्ञलाई बोलाएर कश्मीरमा भएको बम विष्फोटनका विषयमा परामर्श गरेका छन् भने दिल्लीस्थित दूतावासमा कडा सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ३० बजे

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका