पोखराबाट चित्राको छायांकन सुरु « Khabarhub

पोखराबाट चित्राको छायांकन सुरु


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्तोष अधिकारी फिल्मस्को ब्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायांकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ ।

सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए । फिल्म पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, महेश पौडेलको छायांकन, प्रतिमा थापाको प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोडुसर छन् ।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ । केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपालभरको वितरण जिम्मा लिएको छ। फिल्मको अष्ट्रेलिया अधिकार अविनाश रोका मगरले लिइसकेका छन । अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले जानकारी दिए।

निर्माता अधिकारी नयाँ फिल्म ‘डलर एयुडी’ को तयारीमा छन् । यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । सन्तोष ‘घर’ र ‘आमा’का सह–निर्माता पनि हुन् । उनको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : २७ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको