संविधानमा लेखिएका प्रावधान व्यवहारमा उतार्न चुनौति : माधव नेपाल « Khabarhub

संविधानमा लेखिएका प्रावधान व्यवहारमा उतार्न चुनौति : माधव नेपाल


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्न चुनौति रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल रिटर्नी एशोसियशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  अध्यक्ष नेपालले संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौति रहेको बताए ।

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रुपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए । अध्यक्ष नेपालले बजेटमा पनि रोजगारी सम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।

उनले संविधानमा उल्लेख गरेका कुराहरूलाई व्यवहारमा लागू गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गरे ।

अध्यक्ष नेपालले नेपाल रिटर्नी एशोसियशनले विदेशमा रहेका र विदेशबाट फर्किएका विवरण राखेर युवा लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ५ : ११ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६