२ सयको काम गर्न २० हजार माग्ने घुसखोर कर्मचारी पक्राउ « Khabarhub

२ सयको काम गर्न २० हजार माग्ने घुसखोर कर्मचारी पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- चार हजार रुपैयाँ घुस लिने कर्मचारी पक्राउ परेका छन् । सेवाग्राही कुमार श्रेष्ठबाट घुस लिएका घरेलु तथा सानो उद्योग विकास समिति दोलखाका खरिदार पुष्कर अधिकारी मंगलबार अपराह्न आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुन।

वैत्यश्वर गाउँपालिका–१ गैरीमुदीका श्रेष्ठले होटल दर्ता गर्न जाने क्रममा २० हजार एक सय घुष मागेकोमा ४ हजारमा कुरा मिलेको थियो ।

तर कुमार श्रेष्ठले ४ वटा हजारको नोटको फोटो खिचेर पैसा दिएसँगै प्रहरीलाई समेत खबर गरेपछि खरिद अधिकारीलाई कार्यलयबाटै पक्राउ गरिएको थियो।

कार्यलय भएकै घरमा बस्ने गरेका अधिकारीको कोठामा खानतलासी गर्दा थप ६९ हजार नौ सय ५० रुपैयाँ रकम फेला परेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेसी काभ्रेका अधिकारीलाई जिल्ला प्रहरी कार्यलय दोलखामा राखि अनुसन्धान अगाडि बढाएको उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ०२ बजे

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने