लक्की बेम्बो प्लान्ट के हो ? घर तथा अफिसमा किन राखिन्छ ? | Khabarhub Khabarhub

लक्की बेम्बो प्लान्ट के हो ? घर तथा अफिसमा किन राखिन्छ ?


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सहरी क्षेत्रका अधिकांश घर तथा कार्यालयहरूमा लक्की बेम्बो प्लान्ट राखिएको देख्न सकिन्छ । यो सुन्दर र आकर्षक भएकाले सजावटका रुपमा धेरै प्रयोग गरेको पाइन्छ ।

यसको बिरुवा घरमा रोप्नुले अत्यन्तै सुभ फल मिल्ने विश्वासका साथ मानिसहरू घर तथा कार्यालयहरूमा लक्की बेम्बो राख्ने चलन बढेको छ ।

वास्तुशास्त्र अनुसार घरमा लक्की बेम्बो राख्नु अति उत्तम मानिन्छ । वास्तुशास्त्रले कुन बिरुवा कुन दिशामा रोप्नु पर्छ भनेर छुट्याएको छ र कुन ठाउँमा राख्दा शुभ हुने र कुन ठाउँमा राख्दा अशुभ हुने भनेर पनि छुट्याएको छ ।

यो प्लान्ट घरको उत्तर दिशा, पश्चिम दिशा वा घरको बीच भागमा राख्दा घरमा धनको अभाव कहिल्यै हुँदैन । यसका साथै दुःख–पीडाहरू स्वतः हट्दै जान्छ भन्ने विश्वास छ । सही दिशामा राखिएको अवस्थामा यसले हाम्रो भाग्य परिवर्तन गर्न सक्छ भने गलत दिशामा राखे बिगार गर्न सक्ने बताइन्छ ।

लक्की बेम्बो प्लान्ट जहिले पनि पानीमा रोप्नु राम्रो मानिन्छ र त्यो पानी प्रत्येक दिन फेरी रहनु पर्छ ।

लक्की बेम्बो भित्रबाट खोक्रो हुन्छ र यसलाई पानीमा राखी रातो धागो वा रिबनले बाँधेर राखिन्छ । यो प्लान्ट जुन भाँडोमा राखिन्छ त्यो भाँडोमा केही ढुङ्गाहरू पनि मिसाएर राखिन्छ ।

लक्की बेम्बो प्लान्ट घरमा राख्दा सुख शान्ति र समृद्धि आउने विश्वास गरिन्छ । यो वृक्ष घरमा राख्दा सकारात्मक ऊर्जाको सञ्चार राम्रोसँग हुन्छ । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ७ : २५ बजे

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल