इजरायलमा निर्वाचन धाँधलीको आरोप पुष्टि भएन, नेतान्याहुको सत्ता समीकरण चुनौतीपूर्ण « Khabarhub

इजरायलमा निर्वाचन धाँधलीको आरोप पुष्टि भएन, नेतान्याहुको सत्ता समीकरण चुनौतीपूर्ण


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ ।

समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको कुनै प्रमाण नभेटिएको जनाएको छ । घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको समितिको निष्कर्ष छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै इजरायलमा नयाँ सरकार गठनको राजनीतिक प्रक्रिया अघि बढेको छ । राष्ट्रपति आइज्याक हर्जोगले बुधबार आधिकारिक परिणाम प्राप्त गरेपछि नेतान्याहु वा विपक्षी नेता गादी आइसेनकोटमध्ये कसलाई सरकार गठनको पहिलो अवसर दिने भन्ने निर्णय गर्नेछन्।

नेतान्याहुले निर्वाचनका दिन अरब दलहरूले मतदातालाई नगद बाँडेको र कतारबाट रकम प्राप्त गरेको आरोप लगाएका थिए । तर महान्यायाधिवक्ता गली बहराव–मियाराले पर्याप्त प्रमाणबिना कसैसँग सोधपुछ गर्न नमिल्ने बताएका छन् । नेतान्याहुको लिकुड पार्टीले भने उनीमाथि अनुसन्धानमा अवरोध पुर्‍याएको आरोप लगाएको छ ।

विपक्षी नेता आइसेनकोटले मध्यमार्गी र मध्यदक्षिणपन्थी दलहरूलाई एकजुट गर्दै नेतान्याहुको लामो शासन अन्त्य गर्ने प्रयास गरिरहेका छन् । उनले इरानविरुद्ध अर्को युद्ध सुरु नगर्न नेतान्याहुलाई चेतावनी दिँदै इजरायलमा एकता सरकार गठन गर्नुपर्ने धारणा राखेका छन् ।

पूर्वप्रधानमन्त्री यायर ल्यापिडले पनि अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयपछि नेतान्याहुको नेतृत्वमा एकता सरकार गठन हुने सम्भावना कमजोर भएको बताताए ।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोटको पक्षले ४८ सिट जितेका छन् । 

अरब अल्पसङ्ख्यक दलका १९ सिटको समर्थन प्राप्त भए विपक्षी पक्ष बहुमतको नजिक पुग्न सक्छ । तर विपक्षी गठबन्धनका केही दलले गैरयहुदी सांसदको समर्थनमा सरकार गठन गर्न अस्वीकार गर्दै आएका छन् ।

राष्ट्रपति हर्जोगले आधिकारिक परिणाम प्राप्त गरेपछि दुई दिनसम्म राजनीतिक दलहरूसँग परामर्श गर्ने कार्यक्रम छ । त्यसपछि सरकार गठनको जिम्मेवारी पाउने नेताले २८ दिनभित्र बहुमत जुटाउनुपर्नेछ । आवश्यक परे थप १४ दिनको समय दिइनेछ । 

पहिलो प्रयास असफल भए अर्को नेतालाई अवसर दिइनेछ । दोस्रो प्रयास पनि सफल नभए संसद्का बहुमत सदस्यले २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवार चयन गर्नुपर्नेछ । त्यसो हुन नसके देश पुनः निर्वाचनमा जानुपर्नेछ ।

यसअघि सन् २०१९ देखि २०२२ बीच इजरायलमा राजनीतिक गतिरोधका कारण पाँच पटक निर्वाचन भएको थियो । सन् २०२२ को निर्वाचनपछि नेतान्याहुलाई सरकार गठन गर्न ५८ दिन लागेको थियो । उनले सत्ता गुमाए भ्रष्टाचारसम्बन्धी आरोप र सम्भावित जेल सजायको जोखिमसमेत सामना गर्नुपर्नेछ ।

यसैबीच, आगामी संसद्मा सबैभन्दा ठूलो अरब बहुल पार्टीका नेता युसेफ जाब्रिनले विपक्षी दलहरूलाई नेतान्याहुलाई सत्ताबाट हटाउन संयुक्त प्रयास गर्न आग्रह गरे । नेतान्याहुले अरब दलहरू हमासका समर्थक रहेको आरोप लगाउँदै आए पनि अरब–इजरायली पार्टीका नेताहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको निन्दा गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ४ : १२ बजे

छ बुँदामा हेर्नुहोस् डा. केसीका माग कार्यान्वयनको अवस्था के छ ? 

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द

यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु, १४ जना बेपत्ता

काठमाडौँ–  यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनामा परी १३३

तिहारका लागि एक हजार ५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

मुस्ताङ– तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका

१६ वर्षपछि अघि बढ्यो भरतपुरको ल्यान्डफिल साइट निर्माण प्रक्रिया

नारायणगढ– ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण

गृह मन्त्रालय पुगे नवनियुक्त आईजीपी केसी, आजै पदभार ग्रहण गर्ने

काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह