गाउँपालिकाद्वारा पीडित किसानलाई राहत  « Khabarhub

गाउँपालिकाद्वारा पीडित किसानलाई राहत 


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो । घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको छ । 

लम्पी स्किन रोगको सङ्क्रमणबाट पशुचौपाया धमाधम मरिरहेको अवस्थामा किसानका लागि हावाहुरीले थप पीडा दिएको छ । लम्पी स्किन र हावाहुरीका कारण पशुचौपाया र मकैखेतीमा भएको क्षतिका कारण यहाँका किसानले लाखौँको नोक्सानी बेहोर्नु परेको छ । लम्पी स्किनको सङ्क्रमणको रोकथाम अझै भइसकेको छैन । 

किसानका पीडालाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले गाउँपालिकाले राहत उपलब्ध गराउने निर्णय गरेको छ । हावाहुरीले बिउ पनि नबच्ने गरी मकै बाली नष्ट भएपछि पालिकाको राहत दिने निर्णयबाट किसानले राहतको श्वास फेरेका छन् ।

हावाहुरीका कारण गाउँपालिका–१ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको थियो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले हावाहुरीले सात सय रोपनी क्षेत्रफलको मकै ढालेपछि किसानले ५० लाखभन्दा बढीको क्षति भएको भन्दै प्रतिघर एक मुरी मकैको बिउ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । अहिलेसम्म कुनै पनि किसानले बाली बीमा नगरेको भन्दै अब कृषक समूह बनाएर पालिकाले बाली बीमा गरिदिने समेत उनको भनाइ छ । 

गाउँपालिकामा लम्पी स्किन रोगको सङ्क्रमणबाट हालसम्म एक सय ५५ पशुचौपाया मरिसकेका छन् । ती पशुचौपायाका पाल्ने किसानलाई प्रतिपशु दुई हजार पाँच सय नगद उपलब्ध गराइने उनको भनाइ छ । पालिका अन्तर्गतका सबै पशुपालक किसानलाई समूह बनाएर पालिकाले पशु बीमा गरिदिने उनले बताए। 

‘हावाहुरीले मकै बाली नष्ट गरिदिएपछि धेरै किसान अहिले पीडामा छन्, पालिकाले उहाँहरुको पीडालाई केही कम गर्नका लागि एक/एक मुरी मकै उपलब्ध गराउने भएको छ, क्षतिको सबै विवरण तयार गरेर प्रदेश र केन्द्र सरकारसँग पनि राहतका लागि केही आवश्यक पहल गर्छौँ’, उनले भने। 

उनका अनुसार पालिकामा लम्पी स्किनबाट धेरै गाई, गोरु र केही पाडाबाच्छा मरेका छन् । जसका कारण अधिकांश किसानको गोठ रित्तै भएको छ । सङ्क्रमण रोकथामका लागि प्रयासहरु भइ राखेको  पनि उनको भनाइ छ । 

स्थानीय किसान तुलबहादुर विश्वकर्माले हावाहुरीका कारण सात मुरी फल्ने बारीमा लगाइएका सबै मकै सखाप भएको बताए । साथै उनले यसैबीच दुई वटा गोरुसमेत गुमाएका छन् । 

‘गोरु पनि मरे, मकै पनि ढले । यस वर्ष ठूलो दशा लागेको रहेछ, सरकारले राहत दिने कुरा त सुने तर एक मुरी मकैले के नै हुन्छ र ?’, उनले भने, ‘अर्को वर्षका लागि बिउ राख्न पर्‍यो, अलि धेरै दिने व्यवस्था भएको भए राम्रो हुन्थ्यो ।’

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १ : ५१ बजे

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली

अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो

म्याग्दी– मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक

ओली-प्रचण्ड भेट, पद्मा भन्छिन्- एकता र सहकार्यको कुरा भएको छैन

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

एजेन्सी– हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका

बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक