गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि अत्यावश्यक’ ठहर गर्दै मङ्गलबार सबै सीमा नाकाहरू खुला गर्न इजरायल र सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का मध्यपूर्व प्रवक्ता अबीर एटेफालेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “युद्धविराम कायम रहनु अत्यन्त महत्त्वपूर्ण छ; वास्तवमा यही एकमात्र उपाय हो जसले गाजाको उत्तर भागमा फैलिँदो भोकमरीलाई रोक्न र जनजीवन बचाउन सक्छ ।”

इजरायली सेनाले युद्धविराम उल्लङ्घन गरेको भन्दै गाजामा घातक हवाई आक्रमण गरेपछि अमेरिकी मध्यस्थतामा गत अक्टोबर १० देखि लागु भएको इजरायल–हमास युद्धविराम आइतबार पुनः सङ्कटमा परेको थियो । प्रवक्ता एटेफालेले युद्धविराम लागू भएपछि ५३० वटा डब्लुएफपी ट्रकहरूले गाजामा प्रवेश गरी करिब छ हजार ७०० टनभन्दा बढी खाद्यान्न पुर्‍याएको जानकारी दिए ।

यसबाट करिब पाँच लाख मानिसलाई दुई साताका लागि पर्याप्त खाद्य उपलब्ध गराइएको छ । अहिले दैनिक करिब ७५० टन खाद्यान्न गाजामा आइरहेको भए पनि यो मात्रा डब्लुएफपीको दैनिक दुई हजार टनको लक्ष्यभन्दा अझै निकै कम रहेको उनले बताए ।

“ट्रकहरू अघि बढिरहेका छन्, गोदामहरूमा खाद्यान्न पुगेका छन् र वितरण मर्यादित तथा व्यवस्थित ढङ्गले भइरहेको छ”, प्रवक्ताले जोड दिँदै भने । हाल डब्लुएफपीले गाजामा २६ वटा खाद्य वितरण केन्द्र सञ्चालनमा ल्याएको ।

यो गत शुक्रबारको पाँच केन्द्रभन्दा वृद्धि भए पनि सङ्गठनले सञ्चालन गर्न चाहेको १४५ केन्द्रभन्दा अझै धेरै कम हो । अधिकांश वितरण केन्द्रहरू गाजाको दक्षिण र केन्द्र भागमा रहेका छन् । “जनताको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ”, उनले भने, “सहायता पाउँदा नागरिकहरू आभारी छन् र वितरण प्रक्रिया पनि सम्मानजनक तथा द्रुत गतिमा भइरहेको छ ।” डब्लुएफपीले सञ्चालन गर्न चाहेका ३० मध्ये हाल नौ वटा बेकरी चलिरहेका छन्, जसका लागि पर्याप्त गहुँको पिठो सीमाबाट प्रवेश गर्न आवश्यक छ ।

“हामी अहिलेका अवस्थामा ५० हजार मानिसलाई ताजा रोटी वितरण गर्न सफल भएका छौँ”, उनले भने, “सबैभन्दा राम्रो कुरा के हो भने हामी सबैभन्दा कमजोर वर्गका मानिसहरू—महिला प्रमुख घरपरिवार र वृद्धहरूसम्म—सहायता पुर्‍याउन सक्षम भएका छौँ ।”

उनका अनुसार गाजाका अधिकांश नागरिक अहिले ‘बाँच्ने उपाय’ मा छन् । “उनीहरू सीमित मात्रामा प्राप्त खाद्य पदार्थ खाँदै बाँकी सुरक्षित राखिरहेका छन्, किनकि युद्धविराम कहिले भङ्ग हुने हो भन्ने चिन्ता गहिरो छ”, उनले भने ।

प्रवक्ताले डब्लुएफपीका ट्रकहरू हाल केवल केरेम शालोम र किसुफिम नाकाबाट प्रवेश गरिरहेको बताए र गाजाका सबै सीमा विन्दुहरू, विशेषतः उत्तरतर्फका नाकाहरू तत्काल खोल्न आग्रह गरे । “उत्तर गाजामा खाद्य अवस्थाहरू अत्यन्त डरलाग्दा छन्”, उनले चेतावनी दिँदै भने, “ती सीमा नाकाहरू कहिले खुल्ने भन्नेबारे अहिले कुनै निश्चित सङ्केत छैन ।”

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ५ : ३७ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका