सुधार गृहमा झडपपछि नौ थुनुवा फरार | Khabarhub Khabarhub

सुधार गृहमा झडपपछि नौ थुनुवा फरार


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । “झडपका क्रममा १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो”, प्रनाउ डाँगीले भने ।

झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको उनले जानकारी दिए । प्रनाउ डाँगीका अनुसार उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा थिए । थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ ।

प्रहरीका अनुसार बाल सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन् । दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । सुधार गृहका थुनुवा खगेन्द्र सारुङ मगरले सुतेको अवस्थामा अर्को पक्षले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

“हामीलाई टाउको र हातमा निर्घात कुटेका छन्”, उनले पत्रकारसँग कुरा गर्दै भने । भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् । दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : २३ बजे

२० अंकले घट्यो नेप्से, १९८ कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज 

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई– सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी

बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा अचानक बेहोस भएपछि अस्पताल भर्ना