एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत « Khabarhub

एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसियाली विकास बैंक एडीबीले नेपाललाई दिने १० करोड अमेरिकी डलर अर्थात् करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्नका लागि एडीबीले उक्त ऋण स्वीकृत गरेको हो ।

स्थानीय स्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि यो ऋणमार्फत् प्रदान गरिने रकम खर्च हुने एडीबीले जनाएको छ ।

सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि एडीबीको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

‘एडीबीको कार्यक्रमबाट पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै लैङ्गिक एवम् जलवायुसम्बन्धी वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्नेछ’ एडीबीका सार्वजनिक व्यवस्थापनसम्बन्धी अर्थशास्त्री चन्दन सापकोटाले भने ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५० बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र