ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन « Khabarhub

ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले ८ वर्षअघि नेपालमाथि गरेको नाकाबन्दीका कठोर दिनहरूको स्मरण गरेका छन् ।

दोस्रो संविधानसभाबाट नयाँ संविधान  निर्माण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले आज सामाजिक सञ्जालमार्फत स्मरण गरेका हुन् ।

ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन् । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौँ।’ ओलीले स्मरण गर्दै भनेका छन्, ‘देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौँ ।’

संविधान निर्माणप्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडि सम्झन्छन्, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’

उनले सोधेका छन्, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : १० बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु