लेखापढी पेशालाई मर्यादित बनाउनुस् : मन्त्री चौधरी | Khabarhub Khabarhub

लेखापढी पेशालाई मर्यादित बनाउनुस् : मन्त्री चौधरी


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरूलाई आग्रह गरेकी छन् । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै उनले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताइन् ।

‘तपाईहरुले मालपोत, नापी र सेवाग्राहीको पुलका रुपमा काम गर्नुभएको छ । यसलाई अझै व्यवस्थित र मर्यादित बनाएर अघि बढ्नुस्’, उनले भनिन्। सेवाग्राही र कर्मचारीसँगको नियमित छलफल र अन्तरक्रियाबाट व्यवसायका साथै सरकारी कामलाई व्यवस्थित गर्न सकिने मन्त्री चौधरीले बताइन् । 

उनले भनिन,’तपाईहरुलाई सेवाग्राहीबाट दुःख दिने र लाभ लिने गरेको आरोप लाग्ने गरेको छ । यसबाट मुक्त हुनुपर्छ ।’ मालपोत र नापी कार्यालयको सेवा अनलाइनबाट दिन सुरु गरिएको बताउँदै मन्त्री चौधरीले यसलाई अझै व्यवस्थित गर्न लेखापढी कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताइन् ।

मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखापढी कानुन व्यवसायीले सेवाग्राहीलाई सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। मालपोत र नापीको कामलाई थप व्यवस्थित गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल बार एशोसिएसनका महासचिव अजिता खनाल, बार पूर्वमहासचिव लीलामणि पौडेल, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोख्रेल, न्यायिक समितिका संयोजक कृष्णप्रसाद ढुङ्गानालगायतले लेखापढ व्यवसायमा देखिएका कानुनी समस्या तथा समाधानका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेकी थिइन् ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा सुरु भएको बैठक आइतबारसम्म सञ्चालन हुनेछ । बैठकमा देशभरबाट एक हजार तीन सयको सहभागिता रहेको छ । बैठकले विधान संशोधनलगायतका विषयमा छलफल गर्नेछ । बैठकले चितवन घोषणापत्र जारी गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : २९ बजे

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब दश सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो

जसले कतारबाट पठाएको ७० ग्राम सुन पचाउन केसम्म गरेनन् ?

काठमाडौं- कतारमा वैदेशिक रोजगारी गरेर फर्किएका एकजना ३८ वर्षीय युवकले

किसानलाई उद्यमशीलतासँग जोड्न मौरीको घार वितरण

वालिङ– किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरीको घार