समावेशितामा नेपाल निकै अगाडि छ : सभापति देउवा « Khabarhub

समावेशितामा नेपाल निकै अगाडि छ : सभापति देउवा


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशितामा नेपाल निकै अगाडि रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेश्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागीता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताएका हुन् ।

उनले राष्ट्रिय सहमति कायम गर्नसके सबै जातजातिका लागि समावेशी सहभागिता बढाउनसकिने जिकिर गरे । देउवाले नेपालमा जातभन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको विभिन्न निकायमा सहभागिता जनाउन सकिने उल्लेख गरे ।

त्यस्तै उनले नेपालमा मुस्लिम समूलायले सदियौँदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ३८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको