मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त « Khabarhub

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

देउखुरी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।

दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सुविधा दिनेगरी मुख्यमन्त्री चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुने गरी बस्नेतलाई सल्लाहकार पदमा नियुक्त गरिएको हो। बस्नेतले आइतबार मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका छन्।

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा दाङ प्रदेशसभा (२) बाट उम्मेदवार थिए। दुई पटक कांग्रेस जिल्ला सभापतिका उम्मेदवार बस्नेत हाल महाधिवेशन प्रतिनिधि छन्।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : १४ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–