मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त « Khabarhub

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

देउखुरी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।

दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सुविधा दिनेगरी मुख्यमन्त्री चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुने गरी बस्नेतलाई सल्लाहकार पदमा नियुक्त गरिएको हो। बस्नेतले आइतबार मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका छन्।

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा दाङ प्रदेशसभा (२) बाट उम्मेदवार थिए। दुई पटक कांग्रेस जिल्ला सभापतिका उम्मेदवार बस्नेत हाल महाधिवेशन प्रतिनिधि छन्।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : १४ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण