पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै श्लिषा भण्डारीको राष्ट्रिय कीर्तिमान « Khabarhub

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै श्लिषा भण्डारीको राष्ट्रिय कीर्तिमान


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

हाङ्जाउ – १९औँ एसियाली खेलकुद, २०२३ अन्तर्गत चीनको हाङ्जाउमा आज भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले कुल ६१६ दशमलव ९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि उक्त कीर्तिमान कल्पना परियारको नाममा थियो । परियारले उक्त कीर्तिमान सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा कायम गरेकी थिइन् । उनको नाममा ६१६ दशमलव ८ अंकको कीर्तिमान थियो ।

भण्डारीले सुरुआतका तीन चरणमा एक सय एक दशमलव एक, एक सय दशमलव तीन तथा एक सय दुई दशमलव पाँच स्कोर बनाएकी थिएन् । उनले त्यसपछिको तीन चरणमा एक सय पाँच, एक सय चार दशमलव आठ तथा एक सय तीन दशमलव दुई स्कोर गरिन् । १९ वर्षीया भण्डारीले गत वर्ष गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो खेल यात्रा प्रारम्भ गरेकी थिइन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ९ : ४९ बजे

विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली 

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि

नबिल निःशुल्क जलन शिविरमा वीरगञ्जका १५० जनाले गराए उपचार

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’

‘भजनमण्डली’को सकसबाट मुक्ति नपाएको सिंहदरबार!

हिटलरका तीन विशिष्ट साथी थिए । तिनकै सल्लाहमा उनी चल्थे

आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो

इलाम– ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ ।