समुद्रशास्त्रः यस्ता गुण भएका पुरुषसँग विवाह गर्दा हुन्छ उत्तम « Khabarhub

समुद्रशास्त्रः यस्ता गुण भएका पुरुषसँग विवाह गर्दा हुन्छ उत्तम


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा मान्छेको जीवन पद्धति कसरी सरल बनाउने भन्ने विषयमा सबै उल्लेख गरेको पाइन्छ । हामीले त्यसलाई अनुशरण मात्र गर्ने हो भने यसले जीनव सहज बनाउँछ ।

समुद्रशास्त्रमा उल्लेख भएअनुसार तपाईका लागि कस्तो जीवनसाथी उपयुक्त होला भनेर सोचिरहनुभएको छ भने केही त्यस्ता गुण भएका व्यक्ति खोज्नुस् जुन यहाँ उल्लेख गरिएका छन् ।

सुमद्रशास्त्रमा उल्लेख गरिएअनुसार पुरुषमा केही यस्ता गुण हुन्छन्, जसबाट उनीहरु वैवाहिक जीवनमा सक्षम र सफल ठहरिन्छन् । यदि यस्ता तपाईले गुण भएका पुरुष भेटाउनुभयो भने विवाह गर्न राजी हुनुहोस् ।

पुरुषमा साहस र धैर्य हुनु आवश्यक हुन्छ । जुनसुकै परिस्थितिको पनि सामना गर्न पुरुषमा आत्मविश्वास र साहस हुनु जरुरी हुन्छ । यस्तै जस्तोसुकै आपत पर्दा पनि नहडबडाउने धैर्यता पनि पुरुषमा हुनु जरुरी हुन्छ ।

तपाईले जीवनसाथी बनाउने भनेर सोचेको पुरुष मेहनती हुनु पनि जरुरी हुन्छ । आफ्नै संघर्षले सफल हुने पुरुषले नै आफ्नो जीवनसाथीलाई पनि सुख दिन सक्छन् । नकि अरुले कमाएको पैसामा धाक लगाउनेहरु ।

अक्सर तपाईंले पनि देख्नुभएको होला कि आफ्नो घरमा भएको झगडालाई धेरैजनाले साथीसँग सेयर गर्ने गर्छन् । तर समुद्रशास्त्रले यस्ता पुरुषलाई कमजोर भनेको छ । जस्तोसुकै परिस्थितिलाई पनि सही रुपमा मूल्याङ्कन गरेर आफ्नो तरिकाले चल्ने पुरुष नै जीवनसाथी बनाउन उपयुक्त हुन्छन् ।

एक राम्रो पुरुष उनै हुन्छन् जो आफ्नी पत्नीलाई सधैं साथमा लिएर हिँड्छन् । साथै जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो परिवारको पक्षमा उभिने पुरुष राम्रा मानिन्छन् । यस्तै आफूभन्दा सानो र आफ्नो तल काम गर्ने व्यक्तिको सम्मान गर्ने पुरुष राम्रा मानिन्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ५५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी