बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा « Khabarhub

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बारा– दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जितपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० लाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।

त्यसैगरि जीतपुरसिमरा ४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ न.गरी जम्मा १० वटा ट्रयाक्टरलाई दिउँसो नियन्त्रणमा लिएको हो । 

बालुवा लोड भएका ट्रयाक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागि बालुवा सहित ट्रयाक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको  प्रक्रिया अगाडि बढाइएको प्रवक्ता न्यौपानेले प्रेस नोट मार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ०३ बजे

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६