दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नागार्जुनको पानीट्याङ्कीबाट आइतबार पक्राउ गरेको हो । उनले सूर्यबहादुर कार्कीलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु, त्यसको लागि २ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ सेक्युरिटी गार्डमा काम गरेबापत मासिक पचार हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी पीडितबाट पटकपटक गरी एक लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

उनले पीडितलाई ठगी गरेको भन्दै पक्राउ गरिदिन वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : २७ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा