महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन « Khabarhub

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा २३ वर्षदेखि निर्माणाधीन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् ।

सहरी विकास मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित एक समारोहका बीच आज उनले संस्कृति केन्द्र सभाहलको उद्घाटन गरेका हुन् ।

सभाहलको उद्घाटन पश्चात महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहल समुदघाटन तथा नागरिक अभिनन्दनका लागि आयोजित संयुक्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वर्गीय निधिलाई लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्जको संज्ञा दिँदै उनको नाममा स्थापित नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए।

कार्यक्रममा स्वर्गीय निधिपुत्र एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २३ वर्षअघि आफ्नो परिवार र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भएकोमा खुशी व्यक्त गरे । उनले नवनिर्मित सभाहलले अहिंसा, शान्ति र मिथिलाको संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसबाट लाभ लिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गर्नुभएका स्वर्गीय निधिको नाममा स्थापित संस्कृति केन्द्रले सभासम्मेलन गर्न सघाउ पुग्ने मात्रै नभई यस क्षेत्रको संस्कृतिको विकास र आर्थिक समुन्नतिका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले सङ्घीय सरकारको सहरी विकास मन्त्रालयले संस्कृति केन्द्रको भौतिक संरचना बनाए पनि प्रदेश, स्थानीय सरकार एवं सरोकारवालाले यसको उपयोगबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : २२ बजे

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज