महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन | Khabarhub Khabarhub

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा २३ वर्षदेखि निर्माणाधीन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् ।

सहरी विकास मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित एक समारोहका बीच आज उनले संस्कृति केन्द्र सभाहलको उद्घाटन गरेका हुन् ।

सभाहलको उद्घाटन पश्चात महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहल समुदघाटन तथा नागरिक अभिनन्दनका लागि आयोजित संयुक्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वर्गीय निधिलाई लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्जको संज्ञा दिँदै उनको नाममा स्थापित नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए।

कार्यक्रममा स्वर्गीय निधिपुत्र एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २३ वर्षअघि आफ्नो परिवार र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भएकोमा खुशी व्यक्त गरे । उनले नवनिर्मित सभाहलले अहिंसा, शान्ति र मिथिलाको संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसबाट लाभ लिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गर्नुभएका स्वर्गीय निधिको नाममा स्थापित संस्कृति केन्द्रले सभासम्मेलन गर्न सघाउ पुग्ने मात्रै नभई यस क्षेत्रको संस्कृतिको विकास र आर्थिक समुन्नतिका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले सङ्घीय सरकारको सहरी विकास मन्त्रालयले संस्कृति केन्द्रको भौतिक संरचना बनाए पनि प्रदेश, स्थानीय सरकार एवं सरोकारवालाले यसको उपयोगबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : २२ बजे

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् ।

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो

शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका