अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन मिति गठन « Khabarhub

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन मिति गठन


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।

यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको यात्रालाई प्रभावकारी तथा व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको पार्टी प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए । पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य, जिल्लाका पदाधिकारी र प्रदेश इन्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य तथा प्रदेशस्तरीय आयोजक कमिटीलाई समितिमा समावेश गरिएको छ ।

मूल आयोजक कमिटी र प्रदेश आयोजक कमिटीले मूल व्यवस्थापन समितिसँग समन्वय गरी यात्रालाई व्यवस्थित बनाउनेछन् । सबै जनवर्गीय सङ्गठनका अध्यक्ष र महासचिवलाई यात्रामा सहभागी हुन अनिवार्य गरिएको छ । 

काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने छ । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : ४५ बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी