सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाइ छ । 

गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीका अनुसार रोकाया आज बिहान बिच्छ्याँ स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनुभएको थियो । बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि उद्धार गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : २८ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा