सेयर बजारमा १८.४५ अंकको वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा १८.४५ अंकको वृद्धि


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको छ । नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा आएको छ ।

५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूह बढेका छन् । 

गत साताको बिहीबार करिब ४४ अंकले बजार बढेपछि आइतबार र सोमबार भने करेक्सन आएको थियो । तर दुई दिनको करेक्सनपछि मंगलबार पुन: सूचक बढेको हो । कारोबार रकम भने औसतमा रहेको छ । 

केही दिनयता विशेषगरी हाइड्रोपावर समूहमा चमक आइरहेको छ । हाइड्रोपावर समूहका कतिपय कम्पनीहरूमा सकारात्मक सर्किट लाग्ने गरी बढोत्तरी भइरहेका छन् ।

यसैगरी, बजारका लागि सकारात्मक खबरहरु पनि आइरहेका छन् । सरकार तथा नियामक निकायका पदाधिकारीहरुबीच बजार सुधारका विषयलाई लिएर छलफल र भेटघाटहरु पनि बाक्लिएका छन् । 

यस दिन २८६ कम्पनीको ८७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा परेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : ३५ बजे

८ फुर्का जोडेर विद्यालाई एमालेको ‘सम्मान’

काठमाडौं– मंगलबार राति अबेला सकिएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले

बाढीपहिरोले देशभरका चार राजमार्ग अवरुद्ध

काठमाडौं– वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध

मन्त्रिपरिषद्‍वारा मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको

म्याक्रोन–मर्जले नाटो र इयु–अमेरिका व्यापारिक विवादमा वार्ता गर्ने

एजेन्सी – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नाटो सुरक्षा, अमेरिका–इयु व्यापार

आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू)

काठमाडौं– सिन्धुली, रामेछाप र काभ्रेको संगम कुशेश्वर मन्दिर क्षेत्र ।