जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ « Khabarhub

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका-१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्।

२५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि  जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी ७ दिन म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ५७ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको