ओलीको टिप्पणी- सरकारले ड्राइभर र भरिया पक्राउ गर्‍यो, सुन तस्कर मुस्कुराइरहेको छ  « Khabarhub

ओलीको टिप्पणी- सरकारले ड्राइभर र भरिया पक्राउ गर्‍यो, सुन तस्कर मुस्कुराइरहेको छ 


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राइभर र भरिया पक्राउ गरेको बताएका छन् ।  

आज नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वास्तविक तस्कर मुस्कुराइ रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले अन्य व्यापारीले २०-५० लाखको सामन ल्याउन एलसी खोल्नुपर्ने व्यवस्था भएपनि अर्बौको सुन ल्याउँदा कहाँबाट पैसा गयो भन्ने कुरा नखुलेको बताए ।

उनले भने, ‘ड्राईभर, भरियालाई कारबाही गरेर यो सबै बन्द हुन्छ ? मुस्कुराइ राखेको छ जो करप्टर हो । जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराई राखेको छ । आनन्द लिइराखेको छ’ ।

सुन तस्करीका लागि नेपाली नागरिकता दिएर २०७४ सालदेखि नै तयारी रहेको खुलेको उनले बताए । नागरिकता कसले दिएको, किन दिएको र कति पैसा लिएर दिएको भन्नेबारे सरकारले छानविनसमेत गर्न नचाहेको ओलीको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : २३ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त