ओलीको टिप्पणी- सरकारले ड्राइभर र भरिया पक्राउ गर्‍यो, सुन तस्कर मुस्कुराइरहेको छ  « Khabarhub

ओलीको टिप्पणी- सरकारले ड्राइभर र भरिया पक्राउ गर्‍यो, सुन तस्कर मुस्कुराइरहेको छ 


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राइभर र भरिया पक्राउ गरेको बताएका छन् ।  

आज नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वास्तविक तस्कर मुस्कुराइ रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले अन्य व्यापारीले २०-५० लाखको सामन ल्याउन एलसी खोल्नुपर्ने व्यवस्था भएपनि अर्बौको सुन ल्याउँदा कहाँबाट पैसा गयो भन्ने कुरा नखुलेको बताए ।

उनले भने, ‘ड्राईभर, भरियालाई कारबाही गरेर यो सबै बन्द हुन्छ ? मुस्कुराइ राखेको छ जो करप्टर हो । जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराई राखेको छ । आनन्द लिइराखेको छ’ ।

सुन तस्करीका लागि नेपाली नागरिकता दिएर २०७४ सालदेखि नै तयारी रहेको खुलेको उनले बताए । नागरिकता कसले दिएको, किन दिएको र कति पैसा लिएर दिएको भन्नेबारे सरकारले छानविनसमेत गर्न नचाहेको ओलीको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : २३ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७