इराकमा विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु | Khabarhub Khabarhub

इराकमा विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

बग्दाद– उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा भएको आगलागीमा परी १५० जना घाइते भएको छन् । दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार मंगलबार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो ।

आगलागीको कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धानका अनुसार विवाह उत्सवमा गरिएको आतिशबाजीपछि आगलागी भएको हो ।

भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ । 

इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्वीरमा दर्जनौँ अग्निनियन्त्रकले आगो निभाइरहेको देखिएको छ । यस्तै, स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरुमा विवाह कार्यक्रमको मुख्य हल जलेर ध्वस्त भएको देखिएको छ ।

यसैबीच, इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् । 

सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : १६ बजे

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई

बसाइँसराइले रित्तिदै गाउँ

म्याग्दी – जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय

टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ