जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी « Khabarhub

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ ।

सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।

यसअन्तर्गत बागमती प्रदेशअन्तर्गतका ६० जना पार्टीका केन्द्रीय समिति सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई सङ्गठन गठन, पुनःगठन तथा रूपान्तरणको जिम्मेवारी दिइएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले  जानकारी दिए ।

उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय नेताहरूले यही असोज २० गतेभित्र प्रदेशअन्तर्गतका १३ वटै जिल्ला समन्वय समिति रूपान्तरण, गठन वा पुनःगठन गर्नुपर्ने छ । पालिका समितिको लागि असोज ३० गतेसम्मको समयसीमा तोकिएको छ ।

यस अवधिमा स्थानीय तहदेखि प्रदेश समितिसम्मलाई आआफ्नो तहका जनवर्गीय सङ्गठन, पेसागत सङ्गठनको बैठक आयोजना, सङ्गठन गठन, पुनःगठनको कार्य पनि गर्न, गराउन भनिएको प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : ०६ बजे

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार

काठमाडौंमा ‘तमु ल्होसार’को रौनक (तस्बिरहरू)

काठमाडौं– गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष