सेयर बजारमा १८.६० अंकको गिरावट « Khabarhub

सेयर बजारमा १८.६० अंकको गिरावट


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेप्से सूचक बुधबार १८.६० विन्दुले घटेर २००४.३० अंकमा आएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् । 

पछिल्ला केही दिनयता नीतिगत कुराले सेयर बजारमा निकै छिटोछिटो उतारचढाव ल्याइरहेको छ । विशेषगरी सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा राष्ट्र बैंकले लिन सक्ने निर्णयका बारेमा बजारमा विभिन्न आँकलनहरु भइरहनु र त्यसलाई आधार मानेर बजार हल्ला चल्दा सेयर बजार पनि प्रत्यक्ष प्रभावित हुन थालेको हो । 

केही दिनअघि मात्र अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउने सहमति भएको खबर सार्वजनिक भयो । यसमा गभर्नरले पनि ग्रीन सिग्नल दिएका थिए । सोही खबरलाई आधार मानेर बजारमा केही सुधार पनि भयो । तर केन्द्रीय बैंकले अहिलेसम्म यसमा आधिकारिकरूपमा केही पनि नीतिगत निर्णय गरेको छैन । 

यस दिन २८२ कम्पनीको ७० लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ५६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर