अमेरिकाले ग्याबोनलाई सहयोग नगर्ने « Khabarhub

अमेरिकाले ग्याबोनलाई सहयोग नगर्ने


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्याबोनलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

बाइडेन प्रशासनले मङ्गलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । निजेरपछि मानवीयलगायत अमेरिकी सहयोग नपाउने देशको सूचीमा अब ग्याबोन पनि परेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि सहायता कटौती गर्ने यो अन्तरिम उपाय अवलम्बन गरिएको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । मध्य अफ्रिकी मुलुकका साथै अफ्रिकी सङ्घ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक समुदायले अवलम्बन गरेका नीतिअनुरुप सहायता स्थगनको निर्णय गरिएको उनले बताए ।

“हामी ग्याबोनमा अमेरिकी नागरिकहरूलाई सहयोग गर्ने कूटनीतिक एवं ‘कन्सुलर’ सेवालाई निरन्तर सञ्चालन गर्नेछौँ” विदेशमन्त्री ब्लिन्केनले एक विज्ञप्ति निकालेर भनेका छन् । ग्याबोनका नेता अलि बोङ्गो ओन्डिम्बालाई पदच्युत गरिएको तथा सैन्य सत्ता लागू गरिएको विषयमा समीक्षा गर्न बाँकी रहेको उनले विज्ञप्तिमा बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : १३ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’