दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्डद्वारा ल्हासास्थित ऐतिहासिक पोताला दरबारको अवलोकन , एमाले बागमती प्रदेश अध्यक्षमा ४ जनाको उम्मेदवारी , मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण,  कांग्रेसले शिक्षा विधेयकबारे सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने ,अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने, नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धिलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री प्रचण्डद्वारा ल्हासास्थित ऐतिहासिक पोताला दरबारको अवलोकन
चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले ल्हासास्थित ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन् ।

एमाले बागमती प्रदेश अध्यक्षमा ४ जनाको उम्मेदवारी

नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री बस्नेत
बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज एक समारोहका बीच नेपालगञ्जमा सो सवस्टेशनको शिलान्यास गरेका हुन् ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ : गृह
गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ।

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन् ।

संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले संघीयताको अनुभूति गर्न नपाएको भन्दै संघीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए।

अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताए ।

कांग्रेसले शिक्षा विधेयकबारे सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने

नेपाली कांग्रेसको संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने भएको छ ।

मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयकमा बारेमा सरोकारवालासँग छलफल गर्दै कांग्रेसले विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहलकदमी लिने जनाएको हो ।

सङ्खुवासभा कांग्रेस सभापतिद्वारा राजीनामा
नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिएका हुन् ।

अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण बढाएर २० किलो पुर्‍याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण २० किलो पुर्‍याएको हो ।

यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था रहेको थियो ।

पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि
नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे ९फुलासी० स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ५९ बजे

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

तनहुँ–  जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना

बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री

काठमाडौं- असोज ११ र १२ गतेको बाढीबाट भएको ठूलो क्षति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी

भारतीय सेनाका मेजर जनरल सिंह ६ दिने भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं- भारतीय सेनाका मेजर जनरल तथा थ्री गोर्खा राइफल्सका ‘कर्णेल