धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री  | Khabarhub Khabarhub

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री 


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।

इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिबिम्बित गर्दै आएको बताए ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो ।’

प्रधानमन्त्री दाहालले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ९ : ०६ बजे

पुत्रवियोगले फेरिएको पूर्णबहादुरको बाटो : तन, मन, धन पुस्तकालयमा समर्पण

धरान – शायद वि.सं. २०५२ मा जस्तो लाग्छ, त्यसबेला धरानमा

आइपिएल: चार भारतीय खेलाडी बने महंगा, २७ करोडमा बिकेर ऋषभले तोडे रेकर्ड

जेदाह – इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप– रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए

एनपिएल : ‘काठमाडौँ गोर्खाज’को उपाधि जित्ने लक्ष्य, कस्तो छ टिम ?

काठमाडौं – पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं– काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले