सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह « Khabarhub

सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा हिजो बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो ।

भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्‍याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए ।

भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

भेलाले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामग्री प्रकाशन गराउने पनि निर्णय गरेको छ । भेलामा सहभागी पत्रकारले पनि सामाजिक सद्भाव कायम गर्न आफूहरूको तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

सर्वपक्षीय भेलामा विकास निर्माणका काममा भएका ढिलासुस्ती बारेमा सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

यसैबीच, सर्वपक्षीय भेलाले यही असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’लाई सफ बनाउन सहयोग गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ९ : २९ बजे

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया

धरानमा अनलाइन जुवा वानएक्स बेट : १५ थान मोबाइलसहित १० जना समातिए

सुनसरी- अनलाइन जुवा खेल्ने-खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका